सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधबार) देखि जिल्लाभर लागू हुनेगरी आदेश जारी गरेका छ ।मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टलाई मध्य नजर गर्दै आज (बुधबार)बाट सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो ।
मुलुकमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका गृह मन्त्रालयको मातहतमा रहेको जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ । सुनसरीमा ओमिक्रोन भेरीयन्टको रोकथाम तथा नियन्त्रणका लागि सो आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
मंगलवार दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन भेरीयन्ट भारतमा भयावह रुपमा फैलिएको र यसको असर नेपालमापनि देखा परेकोले विभिन्न नियम लागु हुने गरि आदेश पत्र जारी गरेको छ।
डिसिसीएमसीको बैठकको निर्णयअनुसार भीडभाड हुने कुनैपनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । २५ जना भन्दा बढी सहभागी नहुन आग्रह गरेको छ । यस्तै सबै आधारभुत तथा माध्यमिक विद्यालयहरु संचालनको हकमा नेपाल सरकार र शिक्षा मन्त्रालयको निर्णय अनुसार गर्ने उल्लेख गरेको छ ।
कोरोना भाइरसको ओमिक्रोन भेरीयन्टको जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षाका मापदण्डहरु माक्स, सेनिटाइजरको प्रयोग र भोैतिक दुरी कायमको अनिवार्य रुपमा पालना गर्नुपर्ने र माघ १ गतेदेखी सार्वजनिक सेवा कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला लगायतका स्थलमा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना सङ्क्रमित राख्ने र उनीहरुको उपचार गर्ने क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन सुनसरीले स्थानीय तहलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले स्थानीय तहलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
कोरोना संक्रमणको तेस्रो लहर भयावह रुपमा फैलिएको भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै बढी भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved