सुनसरी । नेकपा (एमाले)को सुनसरी जिल्ला अध्यक्षको मत गणना पुनः शुरु भएको छ । चोैथौ पटक सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म ४ सय मत गन्दा रेवती भण्डारीले अग्रता लिएका हुन् । इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी भने फराकिलो मत अन्तरसहित तेस्रोमा छन्।
दोस्रोमा खेमराज पोखरेल रहेका छन् । भण्डारीले २ सय मत, पोखरेलले १ सय ७० र चौधरीले जम्मा २२ मत पाएका हुन । सधै चर्चामा आइरहने मेयर चौधरी एमाले जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको मतान्तर अस्वभाविक देखिन्छ ।
उपाध्यक्षमा निलम खनाल अगाडि छन् । उनले २ सय २४ र नन्दकुमार बस्नेतले १ सय ४९ मत पाएका हुन् ।
यसैगरी उपसचिवमा राम कोइलाले अग्रता लिएका छन्। उप-सचिवमा राम कोइरालाले २ सय २ मत, अन्जनीकुमार पोखरेलले १ सय ४ मत, अर्जुन गहतराजले ५७ मत, पदमप्रशाद लिम्बुले १ सय २ मत, योग्यराज खड्काले १ सय २२ मत, लहरुमाया जिमीले ४७ मत लोकेश निरौलाले १ सय ११ पाएका हुन् । जिल्ला सचिबमा यसअघिनै पर्शुराम यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved