चालु खाता घाटा बढेर तीन खर्बमाथि पुग्यो

  • पुस २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।

यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । उच्च आयातका कारण देशको वैदेशिक मुद्राको सञ्चिती पनि मंसिरमा थप ओरालो लागेको छ । विदेशी मुद्राको सञ्चिती १० अर्ब ३ करोड डलर बराबरमा सीमित छ । पाँच महिनाकै अवधिमा विदेशी मुद्राको सञ्चिती १ अर्ब ७२ करोड डलरले घटेको छ । गत असारमा देशसँग ११ अर्ब ७५ करोड डलर थियो । यो सञ्चितीले ६ महिना २४ दिनको वस्तु र सेवा आयात गर्न पुग्छ ।

यसअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा मात्रै चाप पर्दै आए पनि मंसीरमा आइपुग्दा मुद्रास्फिति डरलाग्दो गरी बढेको देखिएको छ । मंसीरमा उपभोक्ता मूल्यवृद्धि गत वर्षको यही अवधिका तुलनामा ७.११ प्रतिशतले बढेको छ । यो कात्तिकमा ५.३२ प्रतिशत मात्रै थियो ।मंसिरसम्म देशमा विदेशबाट रु. ८ खर्ब ३८ अर्ब ४१ करोडको वस्तु आयात भएको छ । जबकि, निर्यात भने रु. १ खर्ब २ अर्ब ९२ करोड मात्रै छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महीनामै देशले बाह्य व्यापारमा रु. ७ खर्ब ३५ अर्ब व्यापार घाटा बेहोरिसकेको छ । कात्तिकका तुलनामा मंसिरमा आयातको वृद्धिदर भने केही मत्थर भएको छ । कात्तिकमा ६१.६ प्रतिशतले बढेको आयात मंसिरमा ५९.५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र ब्यांकले आयातलाई निरुत्साहन गर्ने नीति लिएका कारण पुसमा भने आयातको वृद्धिदर पर्याप्त घट्ने आँकलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved