संखुवासभा / भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाण्डौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो ।
उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए ।
सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।
स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिको र तत्काल अप्रेसन गर्नुपर्ने भएकाले काडमाडौं रेफर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved