काठमाडौं / नेकपा (एमाले)का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
संक्रमित भएपछि केहीदिन होम आइसोलेशनमा बस्नपर्ने भएकाले निर्धारित सबै कार्यक्रमहरू स्थगित गरिएको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved