काठमाडौ । धादिङमा डोजर सहित पुरीएकाहरुको खोजीका लागि नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली जुटेको छ । विहिवार विहान भएको घटनामा डोजर सहित ३ जना पुरीएका छन् । विहिवार नै पुगेको सुरक्षाकर्मीको टोलीले खोजी गरेको भएपनि अहिले सम्म उनीहरु फेला परेका छैनन् । डोजरको केही भाग मात्र देखिएको उद्दारमा लागेकाहरुले बताएका छन् ।
धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो ख न्ने क्रममा पहिरो ख स्दा डोजरसँगै ३ जना पुरीएका हुन् । धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार विहिवार दिनभर खोज्दा पनि उनीहरु फेला परेनन् । शुक्रवार विहानै देखि फेरी खोजी कार्य सुरु गरिएको छ ।
धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन्। चालक र सहचालक काभ्रेको भन्ने खुलेको भए पनि पुरा ठेगाना अझै थाहा नभएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
नेपाली सेनाको मेजरको कमाण्डमा २० जना, स श स्त्र प्रहरीको इन्स्पेक्टरको कमाण्डमा ११ जना र नेपाल प्रहरीका ५ जना सुरक्षाकर्मी घटनास्थलमा खोजी कार्यमा जुटेका छन् ।
बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता ९डिएसपी० जागेश्वर भण्डारीले बताए । पहिरोका कारण बाटो बनाउँदै गरेको ठाउँबाट डोजर करिब १ सय मिटर तल झरेको छ ।
उनका अनुसार चालक अन्दाजी २७, २८, सहचालक १९, २० र स्थानीय अनिश २७, २८ वर्षका छन्। खोजीका क्रममा अहिलेसम्म पहिरोमा पुरिएको बा २ क ४८२१ नम्बरको डोजरको केही भाग मात्र देखिएको छ। तर बेपत्ता भएकाहरु भेटिएका छैनन् । उनीहरूको खोजीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। पहिरो निकै ठूलो भएकाले पन्छाउन कठिन भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved