सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने

  • माघ २, २०७८
  • कालापानी मिडिया
alt

इटहरी सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेको छ । सुन्दरहरैंचाका स्थानीबासी स्सुकुम्बासी को  समस्या समाधानका निम्ति सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिव प्रसाद ढकाल र  राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौलाले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।

सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगररपालिका रहेको ढकालले बताएका छन।

समझौता पत्रमा बिघटित भुमी समबन्धी समस्या समाधान गर्न आयोग यस भन्दा अगाडि भएको समझौता बमोजिम भएको सहमतिपत्र बमोजिम मानिने उल्लेख छ। यसका लागि दुबै पक्षले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई बितरण र अव्यवस्थित बसोबासको ब्यबस्थापन गर्ने र जग्गाको पहिचान र छनौट गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved