बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा निशुल्क स्वास्थ्य सिविर

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

गणेश रिजाल, बारा । मरवाना एस एल सी समूह २०५१ को आयोजनामा वृहत्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सिविरको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेडाई आँखाको उपचार गराउदै उदघाटन भएको हो । बृहत् निशुल्क स्वास्थ्य शिविरमा दृष्टि आँखा अस्पताल बीरगंजको सहकार्य थियो । शिविरमा आँखा,बालरोग,स्त्रीरोग, हाडजोर्नी तथा नशारोग,मधुमेह तथा थाईराईडका गरि ७६४ जनाले स्वास्थ्य लाभ लिए । छ बटा रोगहरूको एकै स्थानबाट सेवा पाएको भन्दै सेवाग्राही पनि खुशि छन्। निशुल्क स्वास्थ्य शिविरमा ५२ जनाले निशुल्क चश्मा पाएको संस्थाका सचिव लक्ष्मण भट्टराईले जानकारी दिए ।

सेवा पाएकाहरूमा स्त्रीरोग तर्फ ८६ जना आँखा तर्फ ३९५ जना थाईराईड तथा मधुमेह तर्फ, १४३ जना हाडजोर्नी तर्फ, ९३ जना र बालरोग तर्फ, ४७ जनाले आखाको सेवा लिएको संस्थाका सल्लाहकार बरूण गौतमले जानकारी दिए। सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेडाईले यसरी बल्यकालका साथी एकतृत भएर यति बृहत कार्यक्रम गरेको देखेर आफुलाई समेत थप हौसला मिलेको बताए ।

बृहत स्वास्थ्य शिविरबाट बचेको करीब ५०,००० रूपैया बरावरको औषधी जीतपुर सिमरा उनपा १६मा रहेको स्वास्थ्य चौकी ,आधारभुत स्वास्थ्य प्रबर्द्धन केन्द्र र जीतपुर सिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गर्ने संस्थाकी समाजसेबी रजनी भट्टराईले जानकारी दिइन् । कार्यक्रममा एसएलसी समूह २०५१ को तर्फबाट बृहत स्वास्थ्य शिविरका सहयोग गर्ने डाक्टरलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved