मोरङको पथरीशनिश्चरेमा कुटपिट गरेर पत्नीको हत्या

  • माघ २, २०७८
  • कालापानी मिडिया
alt

मोरङ / मोरङको पथरीशनिश्चरेका एक जना युवकले कुटपिट गरेर आफ्नै पत्नीको हत्या गरेका छन् । 

पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले पत्नी १९ वर्षीया पूजा विकको हत्या गरेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए । उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न विवाद कुटपिट एवम् हत्याको घटनासम्म पुगेको पाइएको छ । 

जयले मापसे गरेर घरमा आएपछि पति–पत्नीबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ । विवादपछि जयले गत पुस ३० गते प्लाष्टिकको पाइपले पत्नी पूजालाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । 

पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । 

गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकी उनको उपचार सम्भव भएन । उपचार हुन नसकेपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डिएसपी मुकारुङले बताए ।

पत्नीको हत्यामा संलग्न जयलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए । घटनासँग जोडिएका थप विषय अनुसन्धानपछि खुल्दै जाने प्रहरीको भनाइ छ । प्रहरीले जयविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved