करणी उद्योगमा पक्राउ परेका काँग्रेस नेता शिव कोइरालाविरुद्ध पाँच दिनको म्याद थप

  • माघ ४, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । दश वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगाका नेता शिव कोइरालालाई म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले सोमबार जिल्ला आदलत मोरङमा ‘जवरजस्ती करणी गर्ने उद्योग’ मा पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको हो ।

सात दिनको म्याद मागेकोमा अदालतले अनुसन्धान गर्न पहिलो पटक पाँच दिनको समय दिएको हो । अदालतले दिएको समयसीमा सकिएपछि पुनः म्याद थप गरि अनुसन्धान गर्नुपर्दछ । जवरजस्ती करणी उद्योगमा २५ दिनसम्म न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

मोरङको बुढीगंग गाउँपालिका १ टंकिसनवारी घर भएका कोइरालालाई आइतबार दिउँसो मोरङ प्रहरीले बालिकालाई जवरजस्ती करणाीको प्रयास गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका काइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved