प्रेस युनियन सुनसरीले पत्रकारको दुर्घटना बीमा गरिदिने

  • माघ ४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ ।

अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको छ । ‘गत वर्ष हामीले सञ्चारगृहमा आवद्व र नागरिकताको प्रतिलिपि मात्रै मागेका थियौँ,’ उनले भने, ‘यस वर्ष भने सञ्चार गृहको नियुक्ति पत्र पनि अनिवार्य गरिएको छ ।’

उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ । युनियनमा एक साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए । उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले व्यहोर्ने छ ।

उनका अनुसार यसअघि बीमा गरिएकामध्ये विराट गौतम (अनुपम), बुलेट खतिवडा, रमेश कुमार राई र चन्दन रौनियार दुर्घटनामा परेका थिए । उनीहरूमध्ये अनुपम र राईको बीमा वापतको रकम हस्तान्तरण गरिसकिएको छ भने दुईजनाको केही दिनमै हस्तान्तरण गरिने बताइएको छ । गत वर्ष बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ । यस्तै, बीमितको मृत्यु भएमा सात लाखसम्म प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved