सुनिल शर्मा मुर्दावाद ! लेखेको पोष्टर टाँस्दै विद्यार्थी

  • माघ ५, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । आजको आन्दोलनमा विद्यार्थीहरुले ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखेको पोष्टर विद्यार्थीहरुले सार्वजनिक स्थलमा टाँसेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राङ्गणमा विद्यार्थीले धर्ना पनि दिए । विद्यार्थीहरूले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । उनीहरुले नोबेल मेडिकल कलेजको विद्यार्थी बोक्ने बसका साथै अस्पतालको भवनको भित्तामा समेत सुनिल शर्मा विरुद्धको पोष्टर टाँसेका छन् ।

अभिभावकसँग सहमति गरेको नाममा सार्वजनिक भएका कुरा झुठो रहेको भन्दै विद्यार्थीको माग पुरा नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् । ‘नोबेल मेडिकल कलेजको लुटतन्त्र, माफियागिरी र गुण्डागर्दीका विरुद्धको शान्तिपूर्ण विरोध प्रदर्शन निरन्तर जारी छ,’ विद्यार्थी नेता ओसिम आलमले भने, ‘आज ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखिएको पम्प्लेट टाँसेर सांकेतिक विरोध प्रदर्शन गरियो । जबसम्म शुल्क वृद्धि फिर्ता हुँदैन तब सम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved