टिकापुर घटना राजनीतिक घटना हो-पर्यटन मन्त्री

  • माघ १५, २०७६
  • कालापानी मिडिया
alt


टिकापुर, कैलाली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टिकापुर घटना राजनीतिक घटना भएको बताएका छन्। सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्।

केही तत्वले खेलेकाले टिकापुर घटना राजनीतिक घटना नै हो भनेर भन्न सकिने उनले बताए। उनले विगतका तिता कुरा बिर्सनुपर्ने भन्दै पीडित परिवारको भावनाप्रति सरकार संवेदनशील रहेको बताएका छन्।

बन्द रहेको टीकापुर हवाईमैदानको अध्ययन गरिने
कार्यक्रममा महोत्सवको आयोजक टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले टिकापुरमा रहेको हवाईमैदान कालोपत्रेसहित पुर्नसञ्चालन गर्न माग गर्दै एक सुत्रीय मागपत्र मन्त्री भट्टराई समक्ष पेश गरेका थिए।

त्यसबारे बोल्दै मन्त्री भट्टराईले हाल बन्द अवस्थामा रहेको टिकापुर हवाईमैदान पुर्नसञ्चालनका लागि अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved