झापाकि बिपना १६ दिन देखि बेपत्ता : खाेजि गरिदिन परिवारकाे अपिल

  • माघ ७, २०७८
  • कालापानी मिडिया
alt

झापा । भद्रपुर नगरपालिका–५ घोडामारा निवासी १४ वर्षीया विपना लामा १६ दिनदेखि बेपत्ता भएकी छिन्। साथीको घरमा साग पुर्‍याउन भन्दै घरबाट हिँडेकी विपना बेपत्ता भएपछि उनका परिवारजनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

भद्रपुरस्थित वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत विपना पुस २१ गते घरबाट हिँडेको उनकी आमा बिन्दा लामाले बताइन्। साथीकोमा साग पुर्‍याएर फर्की हाल्छु भन्दै घरबाट बिहान ११ बजे हिँडेकी छोरी विपना अझै सम्पर्कमा नआएको बताउँदै उनकी आमा बिन्दाले भनिन्, ‘आफन्तजन, नातागोता, छोरीको साथीभाइ, नजिकका चिनजान भएका व्यक्ति सबैलाई सम्पर्क गरिसकेको र हालसम्म छोरी कहाँ छिन् भनेर पत्ता लागेको छैन।’

पाँच दिनसम्म छोरी घर नफर्किएपछि पुस २७ गते वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएको उनले बताइन्। ‘छोरीले मोबाइल बोकेर गएकी छिन् तर अहिले मोबाइल बन्द छ’, उनले भनिन्, ‘मोबाइलको लोकेसन पत्ता लगाउन प्रहरीमा निवेदन दिएको र प्रहरीकै आशामा बसिरहेको छु।’

यता वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले प्रहरीमा निवेदन आएको र मोबाइल लोकेसन पत्ता लगाउन प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको बताए। प्रहरी कार्यालय झापा मोबाइल लोकेसन पत्ता लगाउन जिल्ला अदालतको आदेश पर्खिरहेको जानकारी प्राप्त भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved