कोरोना खोप लगाएको कार्ड हरायो ? यसो गर्नुहोस्

  • माघ ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।

पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ।त्यसैले अब खोप कार्ड हराए के गर्ने तरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड हराएमा त्यसको प्रतिलिपि उपलब्ध गराउने भएको छ।

मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ।पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिनका लागि अनुरोध गरेको छ।

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ।तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ।मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved