सिके राउतको हत्या धम्की प्रकरण : मन्त्री यादवको बचाउमा जसपाको विज्ञप्ति

  • माघ ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । सिके राउतको हत्या गर्ने धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवको चौतर्फी आलोचना भइरहँदा यादवको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने उनको बचाउ गरेको छ। 

जसपाले शनिबार विज्ञप्तिमा जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै कुरा उल्लेख नगरी हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिइएको छ।

गत बुधबार जसपाले रौतहट सदरमुकाम गौरमा आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा मन्त्री यादवले सिके राउतको हत्या गर्ने धम्कीयुक्त भाषण गरेकी थिइन्। जनमत पार्टीका कार्यकर्ताले कार्यक्रममा जानबाट उनलाई अवरोध गरेपछि उनले पदीय मर्यादा विपरितको अभिव्यक्ति दिएकी थिइन्।

यादवको अभिव्यक्तिलाई लिएर यतिबेला उनको राजीनामा माग्दै चौतर्फी आलोचना भइरहेको छ।तर, जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति नै भर्त्सना गरिएको छ। 

जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए। उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’

विज्ञप्तिमा जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उप्रान्त नगर्न समेत चेतावनी दिइएको छ। ‘यस्ता आपराधिक एवं गैरराजनीतिक, अराजक, गैरकानुनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ‘, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved