राप्रपा बैठक : आयोग पूर्वाग्राही बन्याे ,विधानबाट राजसंस्था र झण्डाबाट गाई हट्दैन

  • माघ ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानबाट  'सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र'लाई नहटाउने अडान लिएको छ। उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो। 

निर्वाचन आयोगले यही माघ २ गते पठाएको पत्रबारे निर्णय लिँदै राप्रपाले नियतवश आफूहरुमाथि प्रहार गर्न खोजिएको पनि निष्कर्ष निकालेको छ । 

राप्रपाका महामन्त्री भुवन पाठकले बैठकपछि एक वक्तव्य निकाल्दै यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने जनाएका छन्। 

निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित 'सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र' को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले त्यो वाक्यांश हटाई संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनेर पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ', पाठकले भनेका छन्।

raprapa-statement_DB82jdUMfm त्यस्तै राप्रपाले आयोगबाट आफ्नो झण्डामा रहेको गाईको तस्बिर हटाउन भनेर आएको निर्देशन पनि अस्वीकार्य हुने जनाएको छ।

'आयोगको पत्रको दफा ४ मा उल्लेखित राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्यभागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्नुहुन पठाएको पत्र राप्रपाको मूल्य र मान्यता विपरीत छ', पाठकले भनेका छन्, 'विगतमा यसलाई पार्टीले प्रयोग गर्दै आएको छ। निर्वाचन आयोगले पनि मान्यता दिएको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हका पनि प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा भाग लिइसकेको अवस्थामा आयोगको निर्देशन पूर्वाग्रही देखिएको छ।', 

पाठकले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिइने बताए। उनले आयोगको पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने समेत निर्णय भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved