न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना देखिएपछि मोरङ अदालतमा सेवा कटौती

  • माघ ११, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । मोरङ जिल्ला अदालतमा न्यायाधीशसहित २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अदालतले दिदै आएको सेवामा कटौती गरेको छ ।

मोरङ अदालतले सोमबार सूचना जारी गर्दै माघ ११ देखि २५ गतेसम्मको लागि महत्वपूर्ण सात वटा सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरू कटौती गरेको हो ।

अदालतको सोमबार बसेको पूर्ण बैठकले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिने म्याद थप, पक्राउ पूर्जी, कल डिटेल अनुमति तथा जरुरी पक्राउ पूर्जी समर्थन सम्बन्धी कार्य सम्भव भएसम्म भर्चुअल विधिबाट गरिनेछ ।

थुनुवामात्र प्रतिवादी भएका मुद्दाहरूको पेसी तथा सुनुवाइ गरिने, बन्दी प्रत्यक्षीकरणका रिटहरू दर्ता र सुनुवाइ गरिने, अभियोग पत्र दर्ता गर्ने र अभियोग साथ पेश भएका प्रतिवादीहरूको बयान तथा थुनछेकसम्बन्धी कार्य गरिने सूचनामा उल्लेख गरिएको छ ।

पक्राउ परेका र निवेदन साथ हाजिर हुन आएका प्रतिवादीहरूको बयान तथा थुनछेकसम्बन्धी कार्य गर्दा प्रतिवादीहरूको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा लिने सूचनामा उल्लेख छ । उक्त सूचना अनुसार अन्तिम हदम्याद बाहेकका दैनिक १० वटासम्म फिराद दर्ता गर्ने र मिलापत्र, मुद्दा फिर्ता, डिसमिस र तामेलीमा राख्नसम्बन्धी कार्य नियमित हुनेछ ।

यसैगरी घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश माग भएका निवेदन सुनुवाइ गरिने, फैसला कार्यान्वयनसँग सम्बन्धित थुनुवा÷कैदीका निवेदन दर्ता र सुनुवाइ गरिने जारी सूचनामा उल्लेख छ । माघ २५ गतेसम्म सिमित जनशक्तिबाट आलोपाले गरी सेवा प्रवाह गरिनेछ । माघ ११ देखि २५ गतेसम्म तोकिएको पेशी तथा सम्पूर्ण प्रकारका तारेख तथा म्याद र हदम्याद सो अवधिसम्म नगुज्रिने र सम्पूर्ण परिस्थितिको मूल्याङकन गरी पुनः सूचना प्रकाशित गरिने मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved