इटहरी ।विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ । कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार स्थानीय तह, स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्नेछ ।
मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved