राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा कसको अवस्था कस्तो ?

  • माघ १२, २०७८
  • कालापानी मिडिया
alt

बिराटनगर ।राष्ट्रियसभामा तीन सदस्यका लागि आज(बुधबार)  हुने निर्वाचनमा प्रदेश १ मा आठजना बीच प्रतिस्पर्धा हुँदैछ।

सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले र राप्रपाका उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धन दलबाट नेपाली काङ्ग्रेसले झापाका गोपालकुमार बस्नेत , जनता समाजवादी पार्टीले अल्पसङ्ख्यक र अपाङ्ग तर्फ भोजपुरका हेमराज राई र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)ले भोजपुरकी जयन्ती राईलाई प्रतिस्पर्धामा उतारेको छ।

सो गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रदेश १ मा गठबन्धनमा छ दल छन् । अन्य प्रदेश  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बाहेकका पाँच दल छन् । एमालेबाट  मोरङका गुरु बराल, महिलामा झापा दमककी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक र अपाङ्ग तर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । झापाका अमरबहादुर विष्ट र  रञ्जु  प्याकुरेल राप्रपाका तर्फबाट चुनावी मैदानमा छन् ।

राप्रपाकी १ प्रदेश सांसद इन्दीरा राई,  झापाका तीन स्थानीय तहका अध्यक्ष र एक उपाध्यक्षले राप्रपाका उम्मेदवारलाई मतदान गर्दै छन् । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन र कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी मतदाता हुन्। राप्रपाका सबै मतदाता झापाका हुन् । राप्रपाको मतभार एक सय २० रहेको छ। यो प्रदेशमा मात्रै राप्रपाले आफ्ना उम्मेदवारलाई मतदान गर्नेछन् ।  सत्तारुढ गठबन्धन दलको ५० जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख,रअध्यक्ष, उपप्रमुख र उपाध्यक्ष गरी एक सय २६ मतदाता छन् । यसको कुल मतभार  चार हजार  छ सय ६८ हुन्छ । 

प्रमुख प्रतिपक्षी एमालेका प्रदेश सांसद ४१ छन् । त्यसमध्ये गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी ठहर भएकी व्यक्ति हुन् । उनी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् । स्थानीय तहका प्रमुख, अध्यक्ष ,उपप्रमुख, उपाध्यक्ष गरी १४२ मतदाता छन् । यसको कुल मतभार चार हजार   पाँच  सय २४ हुन्छ । खातुन मतदानमा अनुपस्थित भए एमालेको ४८ मतभार घट्नेछ।

सत्ता गठबन्धनमा समेत  एक मत घट्ने अवस्था छ । विराटनगरकी  उपमेयर इन्दिरा कार्की मतदानमा सहभागी नहुने भएकी छन् । स्वास्थ्य समस्याका कारण उनी सहभागी नहुने भएकी हुन् । कार्की सहभागी नहुँदा सत्ता गठबन्धनकाे एक मत घट्नेछ । 

प्रदेश १ को कुल मतभार नौ हजार तीन सय १२ रहेको छ । यो प्रदेश मात्रै गठबन्धन थोरै मतभारले मात्रै अगाडि छ। मधेस प्रदेश बाहेक पाँचवटा प्रदेश पाँच दलीय गठबन्धन बलियो अवस्थामा छ। मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् । आजको निर्वाचनबाट १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved