प्रदेश १ को अन्तरघातबारे गठबन्धनले छानबिन गर्नुपर्नेमा नेता आङ्बोको जोड

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । गठबन्धनको बहुमत हुँदाहुँदै पनि राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा अन्तरघात भई १ जना सदस्य पराजित भएको विषयमा छानविन र समीक्षाको माग भएको छ ।

प्रदेश १ माओवादी संसदीय दलका नेता तथा माओवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बोले अन्तरघातबारे गठबन्धन दलहरुबीच गम्भीर समीक्षा र छानविन हुनुपर्ने माग गरेका हुन् ।

उनले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको दाबी गर्दै सामाजिक संजाल फेसबुकमा यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘संघीयता प्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं. प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं, उनले लेखेको फेसबुक स्टाटसमा उल्लेख छ, ‘लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ..।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved