गोङ्गबु बलात्कार काण्डका नौ जना अभियुक्त पुर्पक्षका लागि थुनामा

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौ । गोङ्गबु बलात्कारण घटनाका नौ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले माघ १२ गते उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । 

२०७८ पुस १२ गते काठमाडौँ-२६ गोंगबुस्थित विभिन्न गेस्टहाउसमा नौ जना व्यक्तिले एक ३४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेका थिए । उनीहरूले ती महिलालाई विभिन्न लर्जहरूमा लगी रातभरि सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको थियो । 

घटनाको २४ घन्टाभित्रै प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो । सो घटनामा गेस्टहाउस सञ्चालकहरूको समेत गम्भीर लापरबाही देखिएको भन्दै प्रहरीले तीन जना गेस्टहाउस सञ्चालकलाई पक्राउ गरेकोे थियो । तर अदालतले उनीहरूलाई भने जनही तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी, थुन छेक बहसपश्चात अदालतको आदेशबाट अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved