संक्रमण दुइ गुणाले बढेपछि उपत्यकामा जोर–बिजोर प्रणाली हटाइदै

  • माघ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै ।  उपत्यका प्रमुख जिल्ला अधिकारीहरूले जोर–बिजोर प्रणाली लागू गर्दा भइरहेको भिडभाडमा चासो दिएका छन् । जोर–बिजोर प्रणाली लागू भएको एक हप्तापछि तीन जिल्लाका प्रजिअले जोर–बिजोर प्रणालीका कारण भइरहेको भिडभाडमा चासो दिएका हुन् । 

कोरोना सङ्क्रमण रोक्न जोर–बिजोर प्रणाली लागू गरे पनि जोर–बिजोर प्रणालीमा हुने भिडभाडमा कारण सङ्क्रमण बढ्ने जोखिम देखिएको छ । जसलाई तीन जिल्लाका प्रजिअले चासो दिएका छन् । 

सार्वजनिक र निजी सेवा प्रदायक सङ्घ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर–बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यधिक भिडभाड बढेको छ ।

सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको काठमाडौँका प्रजिअ गोविन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर–बिजोर हटाउने तयारी भइरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved