काठमाडौं । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोजका लागि सोही खोप पाउने भएका छन्।
सो खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिएर बाँकीलाई कोभिसिल्ड दिने तयारी भइरहेको छ।
हाल भेरोसेल खोप कम भएकाले यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।
उनका अनुसार हाल भेरोसेल खोप कम मौज्दात भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरू सबैले बुस्टर डोज लगाउन पाउने सम्भावना कम भएको बताए।
ुहाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोसेल मौज्दात छ। सबैलाई खोप नपुग्न सक्छ‚ उनले भने।
सरकारले यसअघि खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई माघ ६ गतेदेखि बुस्टर डोज खोप लगाइरहेको छ भने ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिबाट बुस्टर डोज खोप लगाउने भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved