अफगानिस्तानमा दुई करोड ३० लाख मानिस भोकमरीको चपेटामा: एनआरसी

  • माघ १४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले ठूलो सङ्ख्यामा अफगान नागरिक भोकमरीको जोखिममा रहेको देखिएको छ। 

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठूलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सबैलाई अनुरोध गरेको छ।अधिकांश वैदेशिक सहयोग कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ। 

अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन्। तर तालिबान सरकारका अधिकारीहरुले भने आफूहरु अनुदार र अलोकतान्त्रिक नहुने दाबी गर्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved