नेपालमा खोप अभियानको एक वर्ष : तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो

  • माघ १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ । एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ । अंग्रपंक्तिमा खटिनेलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका नागरिकलाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ ।

नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।

नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । तर, आयात गरिएको खोपमध्ये २४ लाख डोजको कुनै रेकर्ड नरहेको भन्दै अनियमितताको आशंका पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved