इटहरी । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आज (शनिबार) देखि पाँच दिन विद्यालय खुला हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको थियो ।
साथै पालिका र स्वास्थ्य संस्थासङ्ग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयले जनाएको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।
कोरोना सङ्क्रमण कायमै रहेकाले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड—१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved