मापदण्ड पूरा नगर्ने पानी उद्योग शिलबन्दी, दुई फर्मलाई जरिवना

  • माघ १५, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको इनरुवामा रहेको एउटा पानी उद्योग शिलबन्धी गरिएको छ । मापदण्ड पूरा नगरि संचालन गरेको पाइएपछि शुक्रबार इनरुवा २ मा रहेको जयप्रकाशस जल उद्योग शिलबन्दी गरिएको हो ।

‘जेपी’ ब्राण्डको प्रसोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाइलमा न्युनतम मापदण्ड पनि पुरा गरेको यसअघि पनि अनुगमनको क्रममा दिएको निर्देशन पालना नगरेको पाइएपछि उद्योग शिलबन्दी गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यस्तै अनुगमन टोलीले इनरुवा – ४ मा रहेको आर. एन. डिपार्टमेन्ट स्टोरलाई जरिवना गरेको छ । भन्सार छली गरेर ल्याएको सामानहरु राखिएको र उक्त बस्तुहरुको बिजबिजक नदेखाएपछि उपभोक्ता संरक्षण ऐन अनुसार डिपार्टमेन्ट स्टोरलाई १० हजार रुपैयाँ जरिवना गरिएको प्रमुख पोखरेलले बताए । पछिल्लो समय खुद्रा पसल, होलसेल र डिपार्टमेन्ट स्टोरहरुमा बिस्कुट, चिनी, भुजिया, कुरकुरेलगायतका खाद्यबस्तु क्यारिङ मार्फत भन्सार छली गरि तस्करी गरेर ल्याउने गरेका छन् ।
यसैगरि अनुगमन टोलीले धरान १७ मा रहेको सर्जिकल सप्लायर्सलाई पनि २० हजार रुपैयाँ जरिवना गरिएको छ । एडी टे«ड एण्ड सप्लायर्सले भन्सार छली गरेर विभिन्न सामाग्रीहरु ल्याएपछि पाइएपछि जरिवना गरिएको हो । उक्त सप्लायर्सले ‘अन कल एक्स्ट्रा’ ब्राण्डको रगतमा गृकोजको परीक्षण गर्ने सामाग्री विक्रीको लागि राखिएको पाइएको प्रमुख पोखरेलले बताए । तर, उक्त सामाग्रीको भारतदेखि भन्सार छली गरेर ल्याएको र बिजबिजक पनि नभएकोले सप्लायर्सलाई कारावहीको दायारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved