सोल । उत्तर कोरियाले लामो दुरीको शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान सन् २०१७ पछिकै सबैभन्दा लामो दूरीको मिसाइल परीक्षण गरेको हो । जसको दक्षिण कोरिया र जापानका अधिकारीहरुले पुष्टि गरेका छन् ।
उत्तर कोरियाले जागाङ प्रान्तबाट आइतबार बिहान लामो दूरीको मिसाइल परीक्षण गरेको हो । जापानको मन्त्रिपरिषद्का मुख्य सचिवले एक टेलिभिजनमार्फत उत्तर कोरियाले आइतबार बिहान हानेको मिसाइल २ हजार किलोमिटरको उचाइसम्म पुगेको दावी गरेका छन् । सो मिसाइल आधा घण्टासम्म उडेको अनुमान गरिएको छ ।
उत्तर कोरियाले यस्तो मिसाइल सन् १०१७ को जुन अन्तिम साता परीक्षण गरेको थियो । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणबाट उसको छिमेकी मुलुक दक्षिण कोरिया र जापानमा तनाव उत्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको पटक -पटकको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले हतियार परीक्षणलाई तीब्रता दिएको छ ।
जनवरीमा यो सहित ७ वटा मिसाइल उत्तर कोरियाले परीक्षण गरिसकेको छ । उत्तर कोरियाले गरेको निरन्तर हतियार परीक्षणको घटनाप्रति अमेरिका, जापान र दक्षिण कोरियाले गहिरो निन्दा गरेका छन् । उत्तर कोरियाले भने प्रतिरक्षाका लागि हतियार परीक्षण गरिएको दावी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved