इटहरी / इटहरीका तीनजना युवा लागूऔषधसहित पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको दुहबी नगरपालिका ५ बाट लागूऔषधसहित इटहरीका तीनजना युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बू र इटहरी १७ का २० वर्षीय बिमल केसी रहेका छन् ।
शनिबार बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरूलाई लागूऔषध स्पास्मो प्रोक्सिभोन ३२ ट्याब्लेट र नाइट्रोजन ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनैजनामाथि इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved