काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य डा.दुमनसिंह थापाको ६२ वर्षको उमेरमा निधन भएको छ।संविधानसभा सदस्यसमेत रहेका थापाको गएराति उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ।
थापा नेकपा (एमाले)को तर्फबाट अर्खाखाँचीबाट संविधानसभा सदस्य बनेका थिए। मिर्गौलाका बिरामी उनी केही दिनअघि उपचारको लागि ह्याम्समा भर्ना भएका थिए।
दुई वर्ष अघि थापाको मिर्गौला प्रत्यारोपण भएको थियो। उनको स्थायी घर अर्घाखाँचीको नरपानी हो।एमाले विभाजन हुँदा माधव नेपालाई साथ दिएका थापा हाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved