नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोभिडको तेस्रो लहरयताकै धेरैजनाको मृत्यु पुष्टि भएको छ । त्यहाँ सोमबार ९५९ जनाको मृत्यु भएको छ ।
थप २ लाख ९ हजार ९१८ जना संक्रमित पुष्टि भएका छन् । संक्रमण संख्यामा कमी आएपछि भारतमा मृत्युमा भने बढोत्तरी भएको छ ।
त्यहाँ थप २ लाख ६२ हजार जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १८ लाख ३१ हजार २६८ पुगेको छ । भारतको पजेटिभिटी रेट १५।७७ प्रतिशत पुगेको छ । राजधानी नयाँदिल्ली, मुम्बईजस्ता मुख्य सहरमा संक्रमितको संख्यामा गिरावट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved