वाग्मती ।वाग्मती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा माघ १९ गते (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
बैठकले चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा पनि सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ। यस्तै प्रदेश सरकारले प्रदेशका नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने गरेको बताइएको छ ।
दुर्घटनामा परी वा आकस्मिक रुपमा उपचार गराउनुपर्ने बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved