डा. अबुलद्वारा सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा.अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved