एमसीसीका पक्षमा बाबुराम भट्टराईको लगातार वकालत, मध्यराति गरे कडा प्रश्न

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा लगातार वकालत गरिरहेका छन् । उनले खासगरी सामाजिक सञ्जालमार्फत निरन्तर एमसीसी संसदबाट अनुमोदन गरिनु पर्ने तर्क गरिरहेका छन् ।

यसै क्रममा सोमबार मध्यराति पनि उनले एमसीसीका पक्षमा जोडदार अभिव्यक्ति दिएका छन् । उनले एमसीसी सम्झौता नेपालका राजनीतिक दल र यसमा मुख्यगरी कम्युनिस्टका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन् । यस क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अमेरिकाको पुँजी अछूत हुने भए चीन, भारत र अन्य देशका चाहिँ के गर्ने भनेर प्रश्न समेत तेर्स्याएका छन् ।

‘एमसीसी नेपालका राजनीतिक दल, मुख्यतः कम्युनिस्ट निम्ति निर्णायक अग्निपरीक्षा बन्दै छ । पहिलो- राष्ट्रियता । भारत, चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?’, उनले भनेका छन्, ‘दोस्रो- विकास नीति । अमेरिकी अनुदान सहयोग नलिने हो भने डब्ल्यूबी, एडीबी, आईएमएफसँग के गर्ने ? अमेरिकी पुँजी अछूत भए चीन, भारत र अन्यका ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved