काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नसक्ने सङ्केत गरेका छन् ।सोमबार वाग्मती प्रदेशका काङ्ग्रेस पदाधिकारीहरूसँगको भेटमा देउवाले आगामी जेठ ४ गते स्थानीय तह हुने सङ्केत दिएका हुन् ।
साथै देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न काङ्ग्रेस पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
भेटवार्तामा सहभागी वाग्मती प्रदेशका एक पदाधिकारीले भने, ‘पार्टी सभापति देउवाले जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचनको् मिति घोषणा गर्ने सङ्केत गरेका छन् । 'त्यसैले होला, हामीलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved