काठमाडौं । विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक उजुरी परेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले यसअघि दर्ता भएको ध्यानाकर्षणपत्रसँग सम्बन्धित पूरक उजुरी दर्ता गराएका हुन् ।
दर्ता भएको पूरक उजुरीमा जबराका भाइ प्रभुशमशेर जबराको नाममा ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरू रहेको थप तथ्य पत्ता लागेको दाबी गर्दै यसबारे छानबिन गर्न माग गरिएको छ । सो सम्पत्ति गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोत भएको उजुरीमा दाबी गरिएको छ ।
विभागले उजुरी २९८२ नम्बरमा दर्ता भएको जानकारी दिएको छ । प्रधानन्यायाधीश जबराले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नागरिक अगुवाहरूले पुस ११ मा विभाग पुगेर ध्यानाकर्षणपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved