राप्रपाको केन्द्रीय उपाध्यक्षमा लमजुङका हेमजङ गुरुङ मनोनित : यस्ताे छ उनकाे राजनीतिक यात्रा

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय उपाध्यक्षमा लमजुङका हेमजङ गुरुङ मनोनित भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङलाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका गुरुङले ३ दशक बढी राप्रपामा रहेर राजनीति र समाजसेवा गरेका छन् । संघीय संरचनासंगै राप्रपा गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पाइसकेका गुरुङलाई एकता महाधिवेशनपछि पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

गुरुङ यसअघि राप्रपाको सहमहामन्त्री र सहायक महामन्त्रीसमेत भइसकेका छन्। वि.सं २०४७ मा राप्रपाको पार्टी सदस्य लिँदै विद्यार्थी राजनीतिमा होमिएका उनले ईन्जिनियरिङ अध्ययन गरेका छन् । उनी राप्रपा युवा संघ जिल्लाको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै २०५१ सालमा लमजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

२०५४ सालदेखि २०६३ सालसम्म राप्रपा लमजुङको अध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङ २०५३ सालमा पहिलोपटक बेंसीसहर नगर विकास समितिको अध्यक्ष बनेका थिए । त्यस्तै, २०५४ सालमै बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved