दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

  • माघ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । मरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपाल १-० गोलले विजयी भएको हो। खेलमा नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित भएका थिए। यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपाल १-० ले नै विजयी भएको थियो। खेलको दशौं मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुजल श्रेष्ठले गोल गरे।

आसिस लामाले डिबक्स बाहिरबाट हानेको प्रहार डिबक्समा रहेका पुजन उपरकोटीको खुट्टामा लागेर गएकोमा सिक्स यार्डमा राखेका सुजलले सहज गोल गरे। लगत्तै मरिससले खेलमा पेनाल्टी पायो। डिबक्समा दिनेश राजवंशीले फउल गरेपछि प्राप्त पेनाल्टीमा मरिसस सफल भने भएन।
मरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले विफल पारिदिए।

खेलको पाँचौ मिनेटमा दर्शन गुरुङले डिबक्स बाहिरबाट हानेको प्रहार आकासियो। यस्तै उनले खेलको ३८ मिनेटमा डिबक्स भित्रबाट गरेको हेडिङले पनि गोलपोस्टको दिशा लिन सकेन। पहिलो हाफको अन्त्यतिर मरिससले पाएका अवसर खेर फालेको थियो। नेपालका कप्तान किरण अघि बढेको अवस्थामा मरिससका खेलाडीको प्रहार आकासिएको थियो। ४३ मिनेटमा एड्रियन बोटलरको प्रहार सिधै किरणको हातमा पुगेको थियो।

खेलको ६४ मिनेटमा सुजल श्रेष्ठको फिक्रिकमा मनिष डाँगीले सिक्स यार्डबाट बक्सबाट हेडर आकासिएको थियो। ६८ मिनेटमा नेपालका गोलकिपर किरणले अर्को प्रहार विफल पारे। मरिससका कप्तान एन्डीले डिबक्स नजिकबाट हानेको सशक्त प्रहारलाई किरणले पञ्च गरेर बल बाहिर पठाएका थिए।

७१ मिनेटमा दुवै टिम १०-१० खेलाडीमा सीमित भए। झगडामा उत्रिएका कारण नेपालका पुजन उपरकोटी दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए। यस्तै रेफ्रीले मरिससका एड्रियन बोटलरलाई पनि रातो कार्ड दिए। ७९ मिनेटमा मरिसस ९ खेलाडीमा सीमित भयो। मरिससका इम्यान्युएल फूलचुडले नेपालका गौतम श्रेष्ठलाई डरलाग्दो ट्याकल गरेपछि दोस्रो पहेँलो कार्ड पाएका थिए।

खेल सकिन पाँच मिनेट बाँकी छदा रंगशालमा विद्युत अवरूद्ध हुँदा खेल १० मिनेट रोकिएको थियो। एक्कासी विद्युत अवरूद्ध हुँदा रंगशालाको फ्लड लाइटले पूरा प्रकास दिन नसक्दा खेल अवरूद्ध भएको थियो। अवरूद्ध भएको खेल सुचारू भए लगत्तै नेपालले अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो। नेपालका अन्जन विष्टको प्रहारलाई मरिससका गोलकिपरले विफल पारिदिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved