इटहरी । लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपैयाँले बढाएको हो ।
बढेको मूल्य भरे राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४२, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २५ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर बढेको छ ।
यही माघ ५ मा निगमले पेट्रोलियमको भाउ बढाएको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved