जसले आमाको हत्या गरे, एक्लै जलाए अनि प्रहरीमा आमा हराएको सूचना दिए

  • माघ १९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । सम्पत्तीको लोभले मानिस कतिसम्म क्रुर र अधैर्य हुन्छन् भन्ने कुराको उदाहरण बनेका छन् मोरङ पथरीशनिश्चरेका कमल श्रेष्ठ ।

पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले सम्पत्तीको लागि आफ्नै आमा ९० वर्षीय जगमाया श्रेष्ठको हत्या गरे । पक्राउ परेका कमल जगमायाका कान्छा छोरा हुन् । जगमायाको चार छोरा छन् । उनी कान्छा छोरा कमलसँग बस्दै आएकी थिइन् । कमलले आमाको १२ माघ विहान ३ बजे घाँटी थिचेर हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको इप्रका पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

कान्छा छोराले सम्पती हडप्न आमाको हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । आमाको हत्या गरेको पाँच दिनपछि कान्छा छोरा कमल पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । बुवाको मृत्यु भएपछि कमलले आमाको नाममा जग्गा पास गराउने भनेका थिए । तर, आमालाई झुक्याएर कमलले श्रीमतीको नाममा जग्गा पास गराए । त्यसबारे आमालगायत अन्य भाईहरुलाई जानकारी भएपछि अदालतमा मुद्दा परेकोमा अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले जनाएको छ ।

हत्यागरेपछि आमाको शव त्रिपालमा पोको पारेर एक्लै घाट लगे र जलाए

कमलको आमा जगमाया नियमित मनिङ वाक गर्न सबेरै निस्किने गर्दै आएकी थिइन् । १२ माघमा पनि उनी ३ बजे मनिङवाक गर्न घरबाट निस्किने तयारी गरेर बाहिर निस्किइन् । जग्गाको विषयलाई लिएर कान्छा छोरासँग विवाद भइरहेकोले मनिङ वाक गर्न निस्किएको बेला कमलले आमालाई घाँटी थिचेर आँगनमा हत्या गरेको घटनाको अनुसन्धान गर्दै आएका प्रहरीका अधिकारी बताउँछन् । आमाको हत्या गरेपछि घरमा रहेको त्रिपालमा पोको पारेर साइकलमा हालेर घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा रहेको गुरुङ समुदायको घाटमा लगे र उनले एक्लै आमाको शव जलाए । उनले टायरमा राखेर आमालाई जलाएको बयानको क्रममा स्वीकार गरेको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । ‘आमालाई जलाएपछि हातमा जुत्ता बोकेर हतारिएर हिंडेको पनि मनिङ वाक गर्ने एक व्यक्तिले देखका रहेका छन् । हातमा जुत्ता बोकेर कहाँ हिडेको भनेर कमललाई ती व्यक्तिले सोधेका रहेछन् । तर, उनले त्यसबेला मनिङ वाक गरेको भनेका रहेछ,’ अनुसन्धान गर्दै आएका एक प्रहरी अधिृकतले भने ।

हत्या गरेपछि आमा हराएको भन्दै प्रहरीमा निवेदन

आमाको हत्या गरेपछि कमल अरु दाइहरुलाई पनि सँगै लिएर १४ माघमा इलका प्रहरी कार्यालय पथरीमा पुगेका थिए । दुई दिनदेखि आमा हराएको भन्दै कमलसहित अन्य दाइहरु पनि आएर हुलियासहित आमा हराएको निवेदन दिएर उनीहरु गएका थिए । कमलका अरु दुई जना दाइहरु छुट्टिएर बसेका छन् । प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै आएको थियो ।

वृद्धा हराएको जानकारी आएपछि अनुसन्धान गर्दा जग्गा विवादको विषय बाहिर आएको र सुक्ष्म अनुसन्धान गर्दा छोरा कमलले नै हत्या गरेको खुलेको डिएसपी खड्काले बताए । हत्यामा संलग्न रहेको खुलेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरि मगलबार मोरङ अदालतमा ‘कर्तब्य ज्यान’ मुद्दामा १० दिनको म्याथ थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ । सम्पत्ती र परिवारिक कहलको कारणले आमाको हत्या गरेको कमलले स्वीकार पनि गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved