विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ ।
मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ की २९ वर्षीय मन्जु सहनी रहेकी छिन् । उनको साथबाट प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ७ लाख बराबरको चाँदीको गरगहना बरामद गरेको छ ।
सहनीले बोकेको लेडिज ब्यागमा प्लाष्टिकको टेपले बेरेको पोकाभित्र चाँदी जस्तो देखिने धातुका विभिन्न (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस गरी जम्मा अन्दाजी ७ केजी ४६ ग्राम तौल बराबरको अनुमानित मूल्य सात लाख बराबरको) चाँदीको गहना फेला परेको थियो । उनलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved