ताप्लेजुङका दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

  • माघ १९, २०७८
  • कालापानी मिडिया
alt

ताप्लेजुङ / ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका-५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् । भौगोलिक बनावटका हिसाबले अति दुर्गम गाउँमा पहिलो पटक गाडी पुग्दाखेरी स्थानीय समुदाय हर्षित भएका थिए भने उनीहरूले चालक र सो गाडीमा पुगेकालाई खादा ओढाएर स्वागत गरेका थिए । पुस्तौंदेखि गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले आफ्नै गाउँमा गाडी पुगेको देख्न पाउँदा खुसी लागेको बताए ।

अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सञ्चालन हुने भएको र पापुङका समुदायलाई यातायात सुविधाका लागि राहत पुग्ने भएको शेर्पाले बताए । विगतमा एक दिन पूरै लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी भइहालेमा पनि तत्काल अस्पताल पुर्‍याउनलाई समस्या रहँदै आएको थियो, तर अहिले गाउँमै गाडी पुगेपछि यस्ता समस्याका हल हुने भएको स्थानीय लाक्पाफुटी शेर्पाले बताए ।

‘गाडी चढ्नका लागि पाँच घण्टा पैदल हिँडेर मिक्वाखोला गाउँपालिका-४ साँबासम्म पुक्नुपर्थ्याे। तर, अबदेखि आफ्नै गाउँबाट गाडी चढ्न र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुसी भएका छौं,’ शेर्पाले भने । गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी सडक निर्माणको योजनालाई अघि बढाएको मिक्वाखोला गाउँपालिका-५ का पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।

वडाध्यक्ष लामाका अनुसार उक्त सडक गाउँसम्म पुर्‍याउनका लागि गतवर्ष मिक्वाखोला गाउँपालिकाको एक करोड बजेट खर्च भएको थियो । यस्तै चालु आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जालले जोड्ने योजनामा विनियोजित ७० लाख रुपैयाँ बजेट खर्च गरेर गाउँसम्म सडक पुगेको गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङमा नौवटा स्थानीय तह छन् । जसमा ६१ वडा रहेको छ । विगतमा नै ६० वटा वडाहरुमा सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । आइतबार मात्र मिक्वाखोला गाउँपालिका-५ पापुङमा सडक पुगेसँगै ताप्लेजुङको सबै वडामा यातायताको पहँज पुगेको छ । –

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved