असई थमन हत्या प्रकरण : प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का

  • माघ १९, २०७८
  • कालापानी मिडिया
alt

धनुषा । सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या आरोपमा १९ जनाको सम्पत्ति रोक्का भएको छ । मंगलबार महोत्तरी जिल्ला अदालतले तालुकका निकायलाई १९ जनाको सम्पत्ति रोक्का गर्न आदेश दिएको हो ।

०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा विकको आन्दोलनकारीले हत्या गरेको आरोप छ । प्रेमबहादुर विकले घटनामा संलग्न २२ जनामाथि मुद्दा दर्ता गराएका थिए । तीन जना अदालतमा हाजिर भई साधारण तारेखमा रिहा भइसकेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा मधेस प्रदेशका तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा ०७५ साउन २८ मा, जलेश्वर नगरपालिकाका नगर प्रमुख रामशंकर मिश्र र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेशकुमार पाण्डे ०७५ साउन २९ मा अदालतमा हाजिर भई साधारण तारिखमा रिहा भएका थिए ।

अदालतमा हाजिर नभएका जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रदेश सांसद कौशलकिशोर यादवलगायत १९ जनाको सम्पत्ति रोक्का गरिएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन जयसवालले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको समेत सम्पत्ति रोक्का गर्न अदालतले आदेश गरेको छ ।

महोत्तरीका सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत असई विक आन्दोलनको क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि गम्भीर घाइते भएका थिए । आन्दोलनकारीले उनलाई एक्लै देखेपछि जलेश्वर नगरपालिका-२ स्थित हाटबजारमा कुटपिट गरेका थिए । सो क्रममा प्रहरीले उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरीको सनोखरास्थित उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved