काठमाडौं । करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावाछिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दियो ।
दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएको स्रोले जानकारी दिएको छ । आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए । दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अङ्गमा र पेटभित्र लुकाएर ल्याएको बताए । ‘चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टुभित्र र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएका थियौं,’ एसएसपी ढकालले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved