काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छिन् ।
सवारी साधन नै ओहोर-दोहोर गर्न नमिल्ने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने गरेको पाइएपछि उपत्यका विकास प्राधिकरणले कानून विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।
मन्त्री झाँक्रीले अनुगमनका क्रममा सडक अतिक्रमण नगर्न पुनः एक पटक सचेत गराइएको भन्दै अव पनि नमाने त्यस्ता व्यक्तिहरुमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइन् । उनले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन् । अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved