सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एमालेका पुराना नेता सुवास कर्माचार्य माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर प्रवेश गरेका छन् ।
नेकपा एमालेमा ‘बा’ सँस्कृति बढेको भन्दै पार्टी छाडेका उनी बुधबार समाजवादीतिर प्रवेश गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रमा बरु कुकुरको पुच्छर बाह्रमा सोझिएला तर एमाले नसुध्रिने देखेपछि आफू समाजवादीतिर लागेको बताए ।
कर्माचार्य सिन्धुपाल्चोकमा एमालेका पुराना नेता हुन् । उनी २०३७/३८ सालदेखि वाम आन्दोलनमा थिए । एमाले सिन्धुपाल्चोकको नेतृत्वमा पुगिसकेका उनी पूर्व सांसद पनि हुन् । चार दशक भूगोलको राजनीति गरेका उनी यो पटक केन्द्रीय सदस्य नभएपछि समाजवादीतिर लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved