झापाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

  • माघ २०, २०७८
  • कालापानी मिडिया
alt

झापा । झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ ।सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मङ्गलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो ।

भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपाल नामक संस्थाले जिल्लाका विभिन्न ठाउँमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाइराखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्रको टोलीले विस्फोटक पदार्थ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रवक्ता तथा डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

विस्फोटक पदार्थमा इलेकट्रोनिक्स डेटोनेटर ८० थान र नेपो लाइट ९१ थान छ । नेपो लाइट हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । विस्फोटक पदार्थ कसले, के प्रयोजनका लागि ल्याउन खोजेको हो भन्ने विषयमा नेपाल प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

केही दिनअघि भूमिगत समूह परिषद्ले दमक नगरपालिका–५ स्थित हरिओम् कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुदजस्तो धुलो (इआडी) र बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा कुकर बम राखेर आतङ्क मच्चाएको थियो । समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved