इटहरी ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झन्डा देखाउन पुगेका एमाले कार्यकर्तालाई प्रहरीले रोकेको छ ।
बिहीबार काठमाडौँबाट विराटनगर आउँदै गरेका राईलाई कालो झन्डा देखाउन एमाले निकट अखिल क्रान्तिकारी र युवा सङ्घका कार्यकर्ता विराटनगर विमानस्थल रोड पुगेका थिए ।
मुख्यमन्त्रीलाई कालोझन्डा देखाउन खोजेपछि प्रहरीले बल प्रयोग गरी रोकेको हो । प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारीले नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved