जनगणनामा त्रुटि, हजारौँ मानिसहरूको गणना नै भएन

गाउँपालिका अध्यक्षको प्रश्नः ‘मेरा जनता खोइ ?’

  • माघ २०, २०७८
  • कालापानी मिडिया
alt

सुर्खेत । नागरिकहरूको यथार्थ विवरण सङ्कलनका लागि गरिएको जनगणना गरिन्छ । तर राष्ट्रिय जनगणना २०७८ ले सुर्खेतको सिम्ता गाउँपालिकामा अस्वाभाविक रूपमा मान्छे हराइदिएको छ ।

सिम्ता गाउँपालिकाले दुई वर्ष अघिमात्र अर्थात् आर्थिक वर्ष २०७५/७६ मा सङ्कलन गरेको तथ्याङ्कमा रहेका नागरिकमध्ये ६ हजार एक सय ४५ जनाको विवरण हराएको हो ।

गाउँपालिकाको वस्तुगत विवरण तथा आवधिक गाउँ विकास योजनाको लागि घरधुरी सर्वेक्षण २०७५÷७६ मा सिम्ताको जनसङ्ख्या ३० हजार चार सय ४३ थियो तर हाल गरिएको गणनाले २४ हजार दुई सय ९८ जनामात्र रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

गाउँपालिकाले गरेको सर्वेक्षणको तथ्याङ्क

गाउँपालिकाभरको तथ्य–तथ्याङ्कमा ‘अब्बल’ ठानिएको सिम्ता गाउँपालिकाले हरेक नागरिकको पेशा, व्यवसाय, आर्थिक–सामाजिक अवस्था तथा अन्य सामान्य विषयवस्तुको समेत तथ्याङ्क दुई वर्षअघि नै सङ्कलन गरेको थियो । तर ६ महिना लगाएर सङ्कलन गरिएको त्यो तथ्याङ्कसँग हाल १५ दिनमा सङ्कलन भएको गणना कतै पनि मेल खाँदैन ।

गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार सिम्तामा पाँच हजार ६ सय २२ घरधुरी रहेकोमा जनगणनाबाट एक सय ४७ घर हराएर पाँच हजार चार सय ७५ घरधुरीमात्र रहेको तथ्याङ्क आएको छ ।

राष्ट्रिय जनगणनाको तथ्याङ्क

यसैगरी, दुई वर्षपहिला महिलाको सङ्ख्या १४ हजार आठ सय ५३ रहेकोमा हाल एक हजार दुई सय ५५ घटेर १३ हजार पाँच सय ९८ जनामात्र महिला रहेको तथ्याङ्क छ भने पुरुष चार हजार आठ सय ५० जना हराएका छन् । दुई वर्ष पहिला १५ हजार पाँच सय ९० जना पुरुष रहेको सिम्तामा जनगणनाले १० हजार सात सय ४० जनामा झारेको छ ।

गाउँपालिकाले गरेको सर्वेक्षणको तथ्याङ्क

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले आफ्नो गाउँपालिकाका जनतालाई सङ्घीय सरकारले हराइदिएको बताए । गाउँपालिकासँग सबै तथ्याङ्क स्पष्ट र पारदर्शी रूपमा छ । उनले भने, ‘कसको नयाँ बच्चा जन्मियो ? कसको मृत्यु भयो ? को कहाँ बसाइँसराइ गरेर गयो ? गाउँपालिकामा व्यक्तिगत घटना दर्ता हुन्छ । त्यसैले सबै तथ्याङ्क हामीसँग छ । जनगणनाको तथ्याङ्क यथार्थपरक छैन ।’
केसीले अब आफूले यस विषयमा तथ्याङ्क विभागसँग ‘मेरा जनता खोई ?’ भनेर प्रश्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved